मोडलिङमा जम्दै ऋषि धमला

- साप्ताहिक संवाददाता

जेष्ठ २४, २०७६

अन्तरवार्ता लिने स्टायलका कारण सधै चर्चामा आउने पत्रकार हुन्, ऋषी धमला । नेताहरुका अन्तरवार्ता लिने क्रममा सबैभन्दा धेरै क्यामेरामा देखिने अनुहार पनि हुन् धमला । उनै चर्चित पत्रकार हालै मोडलिङमा पनि काम गरेका छन् ।

ऋषिले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा धमलाले पिताको भूमिकामा काम गरेका छन् ।

नोरेन श्रेष्ठको शब्द र संगीतमा तयार गीतमा धमलाले निकै राम्रो अभिनय गरेका छन् । भिडियोमा धमलाको साथमा कविता आले आमाको भूमिकामा छिन् । यूडी गुप्ता छोराको भूमिकामा देखिएका छन् ।

गीतले विदेशमा काम गर्न जाने र अकालमा ज्यान गुमाउने नेपालीहरुको कथा बालेको छ । गीतको रचनाकार जोया श्रेष्ठ हुन् ।

यसअघि पनि धमलाले केहि म्युजिक भिडियोमा काम गरेका छन् । आफ्नै श्रीमतीलाई अभिनेत्री बनाएर चलचित्र अनुराग समेत निर्माण गरेका थिए । धमला धमाधम चलचित्र क्षेत्र र गीत संगीत क्षेत्रमा समेत काम गरिरहेकाले उनको रुची पत्रकारिता बाहेक यो क्षेत्रमा पनि रहेछ भन्न सकिन्छ । 

प्रकाशित :जेष्ठ २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्