साप्ताहिक संवाददाता
जेष्ठ २५, २०७६
स्वयम्भु ब्यांकेट, स्वयम्भूमा आज शनिबार फ्रेसर फेसन नाइट सिजन–२ को फाइनल हुँदैछ, जसमा १५ जना मोडल विविध पहिरनमा प्रस्तुत हुनेछन् ।
गड इन्टरटेनमेन्टले आयोजना गर्ने उक्त इभेन्टमा नृत्यसमेत समेटिएको छ । २ बजेदेखि ५ बजेसम्म चल्ने यो इभेन्टमा सहभागी हुन १ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।