साप्ताहिक संवाददाता
लोक दोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा हाँस्ने खेल्ने बोलको गित बजारमा आएको छ । डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको शब्द रहेको छ । पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खड्क बाजुरालीले गरेका हुन् ।
हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ । दृश्य छायांकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ ।
‘हाँस्ने खेल्ने’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
हाँस्ने खेल्नेको म्यूजिक भिडियो :