साप्ताहिक संवाददाता
अभिनेता राजेश हमालको आज जन्मदिन । पाल्पामा जन्मिएका हमाल ठ्याक्कै कति बर्षका भए ? धेरैलाई थाहा छैन । उनि ठ्याक्कै ५५ बर्षमा टेकेका छन् । जन्मदिनको अघिल्लो दिनदेखिनै पार्टिमा व्यस्त उनलाई फ्यान तथा सुभ–चिन्तकहरुले सुभकामना दिइरहेका छन् ।
यसै सन्दर्भमा हमालले एउटा सानो स्ट्याटस राख्दै आफु २५ बर्षमा पाइला टेकेको र पिर परेको बताएका छन् । त्यसो त हमालले पटक–पटक आफु बुढो नभएको संकेत दिँदै आएका छन् । कुराकानीमा पनि हमालले आफु पुर्ण रुपमा स्वस्थ जिवन विताइरहेकाले उमेर एउटा अंक मात्रै भएको बताउँदै आएका थिए ।
कतै ५५ बर्षको उमेरमा टेक्दा हमाललाई चिन्ता परेको त हैन नि ? त्यो भने उनको मनलाई थाहा होला । ३ सय बढि चलचित्रमा काम गरेका हमाल केहि बर्षदेखि चलचित्रमा काम गरेका छैनन् । राम्रो विषयवस्तु भेटेको खण्डमा चलचित्रमा कमव्याक हुन सक्ने बताइरहेका छन् ।
हमालको जन्मदिनको अवसरमा सुभकामना ।