साप्ताहिक संवाददाता
अभिनेता भुवन केसी लामो समयपछि अभिनयमा फर्किदै छन् । यसै साता घोषणा भएको चलचित्र मिस्टर नेपालीमार्फत उनी पुनः अभिनयमा फर्किन लागेका हुन् । पछिल्ला केही वर्षदेखि भुवन चलचित्र निर्माणमात्र केन्द्रित थिए ।
गत सोमबार छायांकन प्रारम्भ भएको मिस्टर नेपालीमा भुवनले अभिनेक्री रिमा विश्वकर्मासँग अनस्त्रिन रोमान्स गर्दैछन् । रमाइलो कुरा के छ भने उक्त चलचित्रमा भुवनले दोहोरो भूमिकामा छन् । चलचित्रमा उनी हिरो तथा भिलेनको भूमिकामा प्रस्तुत हुन लागेका हुन् ।
आफूले सधैं फरक भूमिका निर्वाह गर्ने चाहना राख्दै आएकोमा पहिलो पटक खलनायकको भूमिकाबाट प्रस्ताव पाएपछि आफू यो चलचित्रमा अभिनय गर्न तयार भएको भुवनको तर्क छ । यही चलचित्रमार्फत साहिल श्रेष्ठ तथा कुसुम राउतले अभिनेता तथा अभिनेत्रीका रूपमा पदार्पण गर्दैछन् । देव नारायण भुषाल यो चलचित्रका निर्देशक हुन् ।