साप्ताहिक संवाददाता
जेष्ठ २७, २०७६
सारा सिर्पाइली केही समयअघि अनमोल केसीसँगको प्रेम सम्बन्धमा छिन् भन्ने कुराले चर्चामा आएकी थिइन् । अनमोलले उक्त कुरा अस्वीकार गरेपछि अहिले त्यसको चर्चा हुन छाडेको छ । यद्यपि साराको गतिविधि हेर्ने हो भने उनी कसैको प्रेममा छिन् भन्ने छनक मिल्छ ।
केही दिनअघि साराले सामाजिक सञ्जालमा एउटा भिडियो अपलोड गरेकी थिइन् । त्यो पनि २४ घण्टाका लागि मात्र । उक्त भिडियोमा उनकोमात्र अनुहार देखिए पनि भिडियोमा एकजना केटा मान्छेको हातसमेत देखिन्थ्यो ।
हात देखिनु तर मान्छेको अनुहार नदेखिनु आफैंमा आश्चर्यजनक कुरा हो । भिडियोमा देखिएको हात उनको प्रेमीको हुनसक्छ– धेरैको अनुमान छ ।