साप्ताहिक संवाददाता
जेष्ठ २७, २०७६
काठमाडौं
चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा नेपालका दुई बाल गायक तेस्रो र चौथो भएका छन् । जी टीभीबाट प्रशारण भैरहेको फाइनल कार्यक्रममा प्रितम आचार्य तेस्रो भए भने आयुष केसी चौथो भए। फाइनलमा ६ जना पुगेका थिए।
कडा प्रतिष्पर्धाबीच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादूले नेपाली दर्शकको मन निकै छोएको छ। बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका थिए।
सिन्धुपाल्चोक घर भएका आयुष भक्तपुरमा अध्ययनरत छन् । प्रितम इटहरीको विश्व आदर्श विद्यालय कक्षा ६ र आयुष भक्तपुरको मोर्डन बोर्डिङमा ७ मा पढ्छन् ।
अहिलेकी सर्वाधिक लोकप्रिय गायिका श्रेया घोसाल सन् २००० की लिटल च्याम्स विजेता हुन्।