साप्ताहिक संवाददाता
जोनी बियरस्टो अहिले विश्वकप खेलिरहेका इंग्लिस टिमका प्रमुख खेलाडी हुन् । उनी जस्तै खेलाडीको प्रदर्शनका आधारमै त इंग्ल्यान्डले यसपटकको विश्वकप जित्ने अपेक्षा गरिएको छ । केही दिनअघि सम्पन्न इन्डियन प्रिमियर लिगमा पनि उनको प्रदर्शन माथिल्लो दर्जाको रह्यो ।
यिनै खेलाडीको खेल जीवन केही समयअघि अन्त्यको सँघारमा थियो । उनी स्वयंलाई समेत लागेको थियो, अब उनले दोहोर्याएर क्रिकेट खेल्न पाउने छैनन् ।
पछिल्लो एसेज श्रृंखलाका क्रममा उनी अस्ट्रेलिया गएका थिए र त्यहाँ उनले केही अस्ट्रेलियाली खेलाडीसँग झगडा गरे । विशेषतः क्यामरुन ब्रेनक्राफ्टसँग टाउको जुधाएर झगडामा उत्रिए । त्यसपछि त उनी कारबाहीमा पर्ने भैहाले ।
अहिले इंग्ल्यान्डका लागि विश्वकप खेलिरहका बेला उनलाई लाग्दो रहेछ– के विश्वकपमा उनको सहभागिता सत्य हो त ? बियरस्टो मान्छन्— उनी निकै भाग्यमानी छन् र अहिले पनि क्रिकेट खेलिरहेका छन् अन्यथा त्यो मूर्खतापूर्ण झगडाका कारण उनी अहिले विश्वकपको दर्शक पो हुनुपर्ने थियो ।