साप्ताहिक संवाददाता
जेष्ठ २७, २०७६
काठमाडौं
अहिलेकी लोकप्रिय गायिका आस्था राउत कडा बोल्ने हक्की स्वभावकी छिन् । चित्त नवुझेको कुरा फ्याट्टै भनिहाल्ने बानी छ । अहिले भ्रर्खरै आस्थालाई कोहि साथिभाईले मन दुःखाएछन्, एउटा छाटो स्ट्याटस राख्दै दुःख व्यक्त गरेकी छिन् ।
उनले भनिन्, ‘भलाईको जमाना रहेनछ । साथीलाई राम्रो सोच्दा, राम्रो गर्न खोज्दा पनि नराम्रो हुने रहेछ ।’ केहि समय अघि विभिन्न स्टेज कार्यक्रमबाट पारिश्रमिक नपाएको गुनासो गरेकी आस्थालाई फेरी कस्ले धोका दियो ? उनले लेखेकी छैनन् । तर सधै रमाइला खालका स्ट्याटस राख्ने आस्था आज एकाएक किन तनाबमा ? कुल डाउन आस्था !