साप्ताहिक संवाददाता
अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटी जोडीका रुपमा प्रस्तुत भएका छन् । उनीहरु गायिका सिन्धु मल्लको एक नयाँ गीतको म्यूजिक भिडियोमा जोडीका रुपमा प्रस्तुत भएका हुन् । गायिका मल्लको ‘पिरतीको जाल’ बोलको गीतमा यि जोडी कलाकारले अभिनय गरेका हुन् ।
निक्कै लोकप्रिय गीतमा आवाज भरेकी गायिका सिन्धु मल्ल पछिल्लो समय कमै मात्रै गीत संगीतमा काम गर्दै आएकी छिन् । हरेक वर्ष तीजमा तीज गीत लिएर दर्शक स्रोता माझ आउने मल्लले यसपटक भने तीज अगावै एक फरक शैलीको गीत लिएर आएकी छिन् ।
उनका श्रीमान सुदाम थापाको शब्द/संगीत रहेको सार्वजनिक गीत गायनमा गायिका मल्ललाई अमित बरालले साथ दिएका छन् । अमित नेपाल आईडलको दोस्रो सिजनका प्रतिस्पर्धि गायक हुन् । गीतमा संगीत संयोजन भने केशव प्रकाशको रहेको छ ।
शिब बिकेले कोरियोग्राफी रहेको चैर मुसी चैरको भिडियोमा पल शाह र बर्षा सिबाकोटीले अभिनय गरेका छन् । शिव विकले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोलाई धेरैले रुचाएका छन् ।
पिरतीको जालको म्यूजिक भिडियो :