साप्ताहिक संवाददाता
जेष्ठ २८, २०७६
शाहिद कपुरसँग ‘कविर सिंह’ र अक्षयकुमारसँग ‘लक्ष्मी बम’मा चाँडै देखा पर्न लागेकी कियारा आडवानी यतिबेला चर्चामा छिन् ।
बंगाली चलचित्रका चर्चित निर्देशक आबिर सेनगुप्ताले बलिउडमा पदार्पण गर्न निर्माण गर्न लागेको चलचित्र इन्दुकी जवानीमा शीर्षक भूमिका निर्वाह गर्ने अवसर पाएपछि कियाराको चर्चा चुलिएको हो ।
एउटी महिला पात्रमाथि केन्द्रित इन्दुकी जवानीले आफूलाई बलिउडमा स्थापित गर्ने दावी आडवानीको छ ।