साप्ताहिक संवाददाता
मन मिल्ने साथीभाइ र नजिकका इष्टमित्र भेट्दा खुसी लाग्छ ।
फुसर्दका बेला तीनै नजिकका साथीहरूसँग ताइ न तुईका अर्थात् बेमतलबका कुराकानी गर्दै मच्ची–मच्ची हाँस्न पाउँदा खुशी लाग्छ ।
मलाई आफ्नै काम (खासगरी विज्ञापन) समय लगाएर गर्न पाउँदा खुसी प्राप्त हुन्छ ।
बिहान–बेलुका घरमा केटाकेटीहरूसँग समय बिताउँदै उनीहरूसँग खेल्न पाउँदा अझ बढी रमाउँछु ।
दुई–तीन दिनका लागि काठमाडौं बाहिर जाने क्रममा थानकोट कटेपछि अर्थात हाइवे समातेपछि असाध्यै खुसी हुन्छ । त्यो तीन–चार दिन विशुद्ध आफ्ना लागि हो भन्ने सोचेर मन त्यसै आनन्दित हुन्छ ।
कुनै पनि नेपाली चलचित्रले धेरै भन्दा धेरै दर्शक पाएको देख्दा भित्रैबाट खुसी लाग्छ ।
कहिलेकाहीँं सरप्राइज गिफ्टहरूले पनि खुसी दिन्छन् तर आज तपाईंको बर्थडे हो भन्दै कसैले अफिसमा केक ल्याइदियो भने चाहिं लाजले भुतुक्क हुन्छु ।
गाडी/स्कुटर रिजर्भमा आएको बेला पेट्रोलपम्प पुगेर फूल ट्यांक तेल हाल्न पाउँदाको खुसी पनि विशेष हुन्छ ।
बिदाको दिन काठमाडौंमा ड्राइभिङ गर्दा आहा, कति खुला सडक भनेर खुसी लाग्छ ।
ब्लड प्रेसर/सुगरको लेभल चेक गर्दा नर्मल छ भने पछि मन त्यसै खुसीले नाच्छ ।
आशिफ शाह, अभिनेता/निर्देशक