साप्ताहिक संवाददाता
जेष्ठ २९, २०७६
पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपक बज्रचार्यको स्वर तथा संगीत रहेको छ । गीत रिक्की शाक्यले लेखेका हुन् । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको छ ।
गीतको भिडियोमा चलचित्रका अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञीको साथमा सय बढी कोरस फिचर्ड छन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।
गीतमा पुष्प खड्का र साम्राज्ञीको डान्स गज्जबको छ । यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ । ‘मारुनी’ले दर्शकको मुटु छुने चलचित्रका निर्देशक नवल नेपालको दाबी छ ।
जाम्न माया जामको भिडियो :