साप्ताहिक संवाददाता
फाल्गुनन्द लिङ्देन फिल्म्स्ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’ को शुभसाईत गरिएको छ । आगामी शुक्रबारदेखि छायांकन सुरु हुने यो चलचित्र उपत्यका लगायत पूर्वको केहि ठाउँमा छायांकन गरिनेछ ।
चलचित्रमा समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर थ्रिलर फ्लेभरमा प्रस्तुत गर्ने लेखक तथा निर्देशक दिनेश लिङ्देनले बताएका छन् ।
कविता राई लिङ्देनको लगानी रहने चलचित्रमा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरी, आर पि दाहाल, अर्मान खान र एन्जिस प्रसाईंको मुख्य भूमिका रहनेछ ।
चलचित्रका लागि नव–नायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन् । सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको चलचित्रमा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ ।