साप्ताहिक संवाददाता
नागाबाबा भएर बस्ने ।
कुबेर सुवेदी
ओढारमा बास बस्ने कान्छा ।
शोभाकर तिमिल्सिना
यसको दिगो समाधान भनेकै रुख रोप्नु हो ।
हरि तिवारी
ब्लाङकेट ओढेर घाममा बस्ने ।
सरोज केसी
चिसो वियर पिउने ।
निलेन्द्र प्याकुरेल
सप्तकोसीको चिसो पानीमा छलाङ लगाउने ।
विशाल गौतम
दामन–पालुङ जाने ।
विमल मगर
तमोर नदीको माझिङटार या त मूलघाटमा पौडी खेल्ने ।
कमलप्रसाद बाँस्कोटा
डबल ब्लाङ्कोट ओढेर सुत्ने ।
हरिप्रसाद तिवारी
त्रिशूलीमा झ्याम्म हामफाल्ने ।
चन्द्र उदासी
हिमालतिर लाग्ने ।
राज आरसी
सूर्यलाई दुई–चार महिना छुट्टीमा पठाउने ।
होल ब्ल्याक
अन्डरग्राउन्ड कोठाबाट कतै ननिस्कने ।
जगत बम्जन
पोखरीमा गएर बस्ने ।
गोकर्ण सिटौला
काठमाडौं बस्नेहरू १५ दिनका लागि चितवन जाने अनि काठमाडौं फर्कने । त्यसपछि थाहा हुन्छ काठमाडौंमा कति गर्मी छ भन्ने कुरा ।
लक्ष्मणराज अधिकारी
गर्मी हटाउने जति नै आधुनिक साधन भए पनि गाउँको चौतरीको वरपीपलको छहारीमा बस्नुको मज्जा बेग्लै ।
दीपेन्द्रप्रसाद भुवाई
हिमालतिर एउटा घर बनाउनुपर्छ । गर्मीमा उता, जाडोमा त झापा जिन्दावाद छँदैछ ।
तुलसा बन्जारा
पौडी खेल्ने ।
शिवप्रसाद शर्मा रेग्मी
भेडेटार जाने ।
श्रेष्ठ रविन
दैनिक नुहाउने ।
जीपी भट्टराई
घर आकारको फ्रिज बनाएर त्यसभित्र बस्ने ।
बाबु श्री
ज्याकेट लगाउने ।
सुशील पौडेल
एसी चलाएर सुत्ने ।
दिनेश काफ्ले
श्रीमती लिएर इलामको चियाबगान घुम्न जाने ।
दुर्गा चम्लागाईं
पानी तताएर नुहाउने, शित्तल हुन्छ ।
लक्ष्मीकान्त जोशी
नेपालका सुन्दर पहाडी भेगतिर घुम्न जाने ।
राज गोर्खाली
आगो ताप्ने ।
सूर्य सापकोटा
आइसक्रिम खाने ।
प्रिन्स राजकुमार लामा
चिसो पिउने ।
सुखाचन्द्र ठाकुर
गर्मी छल्न साथमा मनदेखि मन पराएका प्रेमी–प्रेमिका हुनुपर्छ । पूरै शीतल फिलिङ हुन्छ ।
थापाकी छोरी
एसीमा बसेर ट्विटर चलाउँदै सरकारलाई गाली गर्ने ।
कुल रिम्स
विश्वव्यापी तापमान भयावह ढंगमा बढिरहेको छ । कार्बन उत्सर्जन रोक्नुको विकल्प छैन, यदि दीर्घकालीन रूपमा समाधान खोज्ने हो भने ।
पुण्य भण्डारी
रूखको छहारीमा बसेर गर्मी छल्ने ।
रमन पोखरेल
विवाह गरेपछि तीन महिनासम्म घरबाट निस्कनु हुँदैन अनि चर्को गर्मी छलिन्छ ।
विल्सन राई
रूख रोप्नेतिर सोचौं, शीतल त्यसमै छ ।
अशोक सुस्केरा अंशु
गर्मी छल्न त फ्रिजमा पस्नुपर्छ अनि त ठन्डा–ठन्डा कुल–कुल भैहालिन्छ नि ।
अनिल खरेल
पुसमा जाडो हुन्छ भनेर सम्झने ।
बालमुकुन्द कृष्ण
गर्मीमा काठमाडौं जाने, जाडोमा चितवन आउने ।
आशिका बर्तौला
प्रेमिका नजिक नजाने ।
सर्सिज
सबैभन्दा सहज र सरल तरिका : सम्झनुहोस् यो जाडो मौसम चलिरहेको छ ।
डटपेन होल्डर
छल्ने होइन । बरु डटेर सामना चाहिँ गर्ने हो ।
मी कृष्ण