साप्ताहिक संवाददाता
सचिन तेन्दुलकरको भनाइ मान्ने हो भने अबको विश्व क्रिकेटमा लामो समय एक जना बलरले आधिपत्य जमाउनेछन् र उनी हुन्— इंग्ल्यान्डका जोफ्रा आर्चर । उनको जन्म बारबाडोजमा भए पनि उनले वेस्ट इन्डिजका लागि खेल्नु भन्दा इंग्ल्यान्डका लागि खेल्नु राम्रो माने ।
यी फास्ट बलर इंग्ल्यान्डका लागि खेल्न योग्य भएको पनि केही समय मात्र भएको छ । इग्ल्यान्डले पनि उनलाई विश्वकप टिममा राख्न कुनै कन्ज्युस्याइँ गरेन् ।
इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि प्रतियोगिताको पहिलो दिन प्राप्त गरेको जितमा जोफ्रा एकपटक फेरि चर्चामा आए । ऊक्त खेलका त्रममा उनले गरेको बलिङमा दक्षिण अफ्रिकाका अनुभवी ब्याट्सम्यान हसिम अमला घाइते भए । बल उनको टाउकोमा लागेको थियो ।
अमलाले हेलमेट लगाएको हुनाले त्यसले उनलाई ठूलो चोट पुर्याउन सकेन । यही बेला धेरैले जोफ्राको एउटा पुरानो ट्विट सम्झिए । उनले छ वर्षअघि लेखेका रहेछन्– मेरो बलिङको सामना गर्ने हो भने दुईवटा हेलमेट लगाउनु ।