साप्ताहिक संवाददाता
जेष्ठ २९, २०७६
अस्ट्रेलियामा म्याक्सिम म्यागजिनले आकर्षक शरीर भएकी युवती खोज्न आयोजना गरेको एक प्रतियोगितामा गिना स्टेवार्ट पनि छनौट भइन् । ४८ वर्षीया गिना यो प्रतियोगितामा छनौट हुने अरू युवतीको तुलनामा दोब्बर उमेरकी थिइन् ।
चार सन्तानकी आमाका साथै हजुर आमासमेत भैसकेकी गिनालाई अरू सहभागीले तरुनी हजूरआमा भन्न थाले । त्यसपछि गिनाले आफ्नो सौन्दर्य र शरीर अरूलाई देखाउन नियमित रूपमा आफ्ना ग्ल्यामरस तस्बिर सामाजिक सञ्जालमा अपलोड गरिरहेकी छिन् । यसले उनको चर्चालाई अझ बढाइरहेको छ ।