साप्ताहिक संवाददाता
जेष्ठ ३०, २०७६
कुनै समय बलिउडका निर्माताहरूले नपत्याएपछि चलचित्रमा अभिनय गर्ने आफ्नो धोको पूरा गर्न दक्षिण भारतीय चलचित्रको सहारा लिएकी पञ्जाबी अभिनेत्री रकुलप्रित सिंहका दिन फर्किएका छन् ।
रकुलप्रित सिंहले अजय देवगण र तब्बुसँग स्क्रिन सेयर गरेको चलचित्र ‘दे दे प्यार दे’ ले बक्स अफिसमा धमाकेदार व्यापार गरेपछि अहिले बलिउडका निर्माताहरू रकुलप्रित सिंहको घरमा लाइन लागेका छन् ।
आफ्नो यो सफलताबाट मख्ख परेकी रकुलले आफूले चलचित्र छानेर मात्र काम गर्ने बताएकी छिन् ।