साप्ताहिक संवाददाता
जेष्ठ ३०, २०७६
ब्रिटिस अनलाइन सपिङ एसोसको ख्याति राम्रै छ । आफ्नो लगायत विभिन्न ब्रान्डका पोसाक बिक्री गर्दै आएको यो अनलाइनले हालै राखेको एउटा पहिरनले यसका प्रयोगकर्ताहरूमाझ राम्रै चर्चा पायो ।
रबरले बनेको गुलाबी रंगको उक्त वान पिसलाई एसोसले ३५ हजार रुपैयाँमा बिक्रीका लागि राखेको थियो, तर त्यो पहिरन कन्डमजस्तो देखिएको कुरा सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि एसोसले त्यसको मूल्य घटाएर २६ हजारमा झार्यो ।
उक्त पहिरनले जति चर्चा पाए पनि त्यसको बिक्री भने अपेक्षाअनुरूप हुन सकिरहेको छैन ।