भारतिय सैनिकबाट अवकास प्राप्त गरि हङकङलाई कर्मथलो बनाएका नेपालीहरुको साझा संगठन भारतिय गोर्खा भुपू सैनिक संघ हङकङले मानविय हितको लागि कार्यक्रमको आयोजना गर्ने भएको छ । शारिरीक असक्षमता भएकाहरुका लागि आर्थिक सहयोगार्थ भुपू सााझ २०१९ आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा पब्लिक स्पिकर अवार्ड सिजन २ का विजेता दृष्टिविहिन रमेश प्रसाई, गायक राजनराज सिवाकोटी, ओम गुरुङ, बालविक्रम थापा, गायीका मिलन अमात्य, मनमाया वाईवा, काजल गुरुङ, डान्सर जेनिता मगर, जीवन विष्ट लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।
सैनिक परिवारको संरक्षण र सर्वद्धनको लागि स्थापना भएको संघले हरेक बर्ष मानविय सेवाभावका लागि पनि विभिन्न प्रकारका कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।
हामीले शारिरीकरुपमा दुर्वल र आर्थिकरुपमा असक्षम प्रतिभाहरुलाई प्रेरणाको लागि अवसर प्रदान गरिरहेका छौ । विगतका दिनमा पनि भुकम्प फिडितहरुका लागि, राष्ट्रिय आविष्कार केन्द्रको लागि कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग गरिसकेका छौ, कार्यत्रमका संयोजक काजी गुरुङ् बताउाछन् ।
कार्यक्रम हङकङ स्थित युङ्लोङ थिएटरमा यहि जुलाई २८, का दिन बेलुकी ७ बजेबाट शुरु हुनेछ ।