साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काएकी छन् । चलचित्र ‘पासवर्ड’ मा उनले गरेको आइटम नृत्य आज बिहिबार सार्वजनिक गरिएको छ । भिडियोमा सन्नी डेढ दर्जन कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् ।
‘आजको साम’ बोलको गीतमा सन्नीलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन्, जसले सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका छन् ।
बिक्रम जोशीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो । भाद्र २७ बाट यो चलचित्र प्रदर्शन हुँदैछ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । यो चलचित्र एक्सन थ्रिलर जनराको छायाँकन बनेको बताइन्छ । बिक्रम जोशी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।