साप्ताहिक संवाददाता
आज शुक्रबार चलचित्र प्रेम दिवस प्रदर्शनमा आउँदैछ । प्रदीप भारद्धाजको लेखन तथा योगेश घिमिरेको निर्देशनको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, हेमन्त बुढाथोकी, शिवशंकर रिजाल, उत्तम केसी, सन्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल, विशाल खरेल आदि कलाकारले अभियन गरेका छन् । विशाल खरेलले यो चलचित्रबाट डेब्यु गर्दैछन् ।
यो प्रेममा आधारित चलचित्र हो जसमा, प्रेम र पैसाबीचको द्वन्द्वलाई मूल विषय बनाइएको निर्देशक घिमिरेले जानकारी दिए । सन्जय न्यौपाने प्रोडक्सन तथा रियल मोसन पिक्चरको संयुक्त निर्माणमा तयार पारिएको चलचित्र प्रेम दिवसका निर्माता मनेश दाहाल हुन् भने सन्जय न्यौपाने कार्यकारी निर्माता ।
यो चलचित्रको छायांकन मानकृष्ण महर्जनले पूर्वी नेपालको इलाम, झापा, पाँचथर आदि स्थानमा गरेका छन् । चलचित्र प्रेम दिवसमा महाराज थापा, महेश खड्का, दीपक शर्मा तथा करणराज कार्कीको संगीत सुन्न पाइन्छ । यो चलचित्रमा १ करोड ३५ लाख लगानी भएको निर्माण पक्षले जनाएको छ ।