साप्ताहिक संवाददाता
श्यानोन फिल्म्स एन्ड इन्टरटेरमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र झट्काको सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ हुँदैछ । यो चलचित्रमा अधिकांश नयाँ कलाकारले अभिनय गरेका छन् भने हास्य कलाकार सुरवीर पाण्डे मुख्य भूमिकामा छन् । पाण्डे हास्य श्रृंखलाका लोकप्रिय अनुहार हुन् । तुलसीलाल नेवाःको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र हास्य प्रधान छ ।
यही चलचित्रबाट कलाकार श्याम श्रेष्ठ अभिनेताका रूपमा पदार्पण गर्दैछन् । निर्देशक बिशुन्खेकै लेखनमा तयार भएको यो चलचित्रको सम्पादन समेत उनैले गरेका हुन् । चलचित्रका गीत दिनेश सुब्बाले रचना गरेका हुन् भने पुरुषोत्तम न्यौपानेले यसको संगीत निर्देशन गरेका छन् । चलचित्र झट्कामा सुरेश पाण्डे तथा कृष्ण ब्लोनको कोरियोग्राफी छ भने सुरज श्रेष्ठ यो चलचित्रका द्वन्द्व निर्देशक हुन् ।
निर्देशक बिशुन्खेका अनुसार यो चलचित्रमा समसामयिक विषयवस्तु चित्रण गरिएको छ, जहाँ काठमाडौंको रात्रीकालीन जीवनलाई प्राथमिकताका साथ उजागर गरिएको छ । जीवन पराजुली तथा वसन्त गौतम यो चलचित्रका छायांकार हुन् ।
निर्देशक : रमेश बिशुन्खे कलाकार : सुरवीर पण्डित, श्याम श्रेष्ठ, रक्षा गुरागाईं, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिशुंखे, कँवर प्रदीप काफ्ले आदि ।