साप्ताहिक संवाददाता
जेष्ठ ३१, २०७६
ठमेलको टर्टल लाउन्ज एन्ड क्लबले आज शुक्रबार नेपाल आइडल सिजन—२ का फस्ट रनर्सअप गायक विक्रम बराललाई प्रस्तुत गर्दैछ । ऊक्त कार्यत्रममा विक्रम लाइभ ब्यान्ड सहित प्रस्तुत हुनेछन् । शुक्रबार साँझ ७ बजे प्रारम्भ हुने कार्यक्रम शनिबार बिहान ५ बजेसम्म चल्ने बताइएको छ ।
बियर एन्ड बार्बी क्यु
काठमाडौंस्थित पाँचतारे होटल मेरियटले आज शुक्रबार साँझ वियर एन्ड बार्बीक्यु इभेन्टको आयोजना गरेको छ । नक्सालस्थित होटलमा हुने उक्त इभेन्टमा डिप शो म्यानको संगीतसँगै बियर तथा बार्बी क्युको आनन्द उठाउन पाइनेछ । यो इभेन्ट साँझ ५ बजेदेखि राति १० बजेसम्म चल्नेछ ।