साप्ताहिक संवाददाता
सन्नी लियोनीले आइटम डान्स गरेको नेपाली चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजको साम’ बोलको गीत सार्वजनिक झएको छ । बिहिबार काठमाण्डौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गायिका दुर्गा खरेलले गाएकी हुन् ।
वित्रम जोशीको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । यो गीतमा संगीत संयोजन महाराज थापाको रहेको छ । एक्सन, कमेडी र थ्रिलर जनराको चलचित्र सन्नी लियोनी, अनुफ विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, वित्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मको कथा सिमा गुरुङले तयार पारेकी हुन् ।
सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अमृत बस्नेत र हिराल जोशीको लगानी रहेको छ । अमर जीत सिंहले छायांकन गरेको फिल्ममा अर्जुन जिसीले सम्पादन गरेका हुन् । यो फिल्म भदौ २७ देखि प्रर्दशन हुँदैछ ।
गीतको भिडियो :