साप्ताहिक संवाददाता
जेष्ठ ३१, २०७६
काठमाडौं
अन्जु पन्तको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ‘स्विट एण्ड लभ्ली’ बोलको गीतमा शब्द तथा संगीत हेज्नल एम.डि.को रहेको छ भने संजय हमालले संगीत संयोजन गरेका छन् ।
राजेन्द्र कमल राईले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई रबिन्द्र बरालले छायाँकन गरेका हुन् । आर्यन खड्काले सम्पादन गरेको भिडियो हेज्नलको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा एन्डीशा खड्काले अभिनय गरेकी छिन् ।