साप्ताहिक संवाददाता
अंग्रेजी कथाका रोचक पात्रहरू सिन्ड्रेला, इल्सा, अग्नर, हान्स बन्ने सुवर्ण अवसर अहिले फ्रान्सको पेरिसमा खुलेको छ । पेरिसस्थित डिज्नेल्यान्डले यो गर्मी महिनामा पर्यटकहरूलाई थप मनोरञ्जन प्रदान गर्न राजकुमार–राजकुमारीहरूको खोजी गरेको हो ।
डिज्नेल्यान्डले यो सिजनमा ५० जना विभिन्न पात्रलाई प्रस्तुत गर्ने योजना बनाएको छ भने त्यसका लागि आवेदन पनि खोलिइसकेको छ । यो योजनामा सहभागी हुन चाहने राजकुमारीको उचाइ ५ फिट २ इन्च देखि ५ फिट ६ इन्च हुनुपर्ने र राजकुमारको हकमा ५ फिट २ इन्चदेखि ६ फिटसम्म हुनुपर्ने नियम छ ।
६ फिटभन्दा अग्ला युवकहरूलाई भने अरू पात्रका रूपमा पनि प्रयोग गर्न सकिनेछ । यो छनौटमा परेर उत्कृष्ट काम देखाउनेलाई नियमित काममा राख्न सकिने बताइएको छ । डिज्नेल्यान्डले ती पात्रको छनौट डब्लिनको डान्स आयरल्यान्डमा गर्ने जनाएको छ ।