साप्ताहिक संवाददाता
वान प्लसले आफ्नो नवीनतम संस्करण वानप्लस–७ प्रो नेपाली बजारमा उपलब्ध गराएको छ । प्रत्येक पलहरू खिच्न यसमा ट्रिपल क्यामेरा उपलब्ध छ, जसले क्यामेराको परिभाषा नै परिवर्तन गर्ने कम्पनीको दाबी छ ।
यसमा ४८ एमपी रियर क्यामेरा, १ सय १७ अल्ट्रा वाइड एंगल लेन्स तथा तीन गुणा अप्टिकल जुम एवं नाइट स्केप २.० प्रविधि जडान गरिएको छ जसमार्फत स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्बिर खिच्न सकिन्छ । यसको बिल्कुलै नयाँ स्क्रिन तथा एकनासको डिस्प्ले, क्युएचडी तथा फ्लुइड एमोलेड रिजोलुसन ए ९० हर्ज रिफ्रेस रेट भएको यो स्मार्टफोनले साँच्चिकै सिनेमाको अनुभव प्रदान गर्ने बताइएको छ ।
यसको कर्भ एज–टु–एज डिजाइन अझ आकर्षक देखिन्छ । वानप्लस– ७ प्रोमा भएको ६ दशमलव ६७ इन्च ५ सय ५१ पीपीआई फ्लुइड एमोलेड डिस्प्ले अहिलेसम्म कै सबैभन्दा एड्भान्स स्क्रिन भएको कम्पनीको दावी छ ।
यसमा भएको स्क्रिन अनलक टेक्नोलोजी प्रयोग गरी शून्य दशमलव २१ सेकेन्डमै फोन अनलक गर्न सकिन्छ । त्यसैगरी ४ हजार एमएएच ब्याट्रीका कारण यो फोनको ब्याट्री लामो समयसम्म टिक्छ र यसलाई २० मिनेटमै चार्ज गर्न सकिन्छ । लिक्विड कुलिङ प्रणालीका कारण यो फोन छिट्टै तात्तिन पाउँदैन ।
यसमा १२ जीबी र्याम, क्वालकम स्न्यापड्रयागन ८ सय ५५ मोबाइल प्लेटफर्म तथा २ सय ५६ जीबीसम्मको स्टोरेज क्षमता छ । यो स्मार्टफोन ६ जीबी, ८ जीबी तथा १२ जीबी र्याममा उपलब्ध छ जसको मूल्य क्रमशः ८९ हजार ९ सय, ९९ हजार ९ सय तथा १ लाख ९ हजार रुपैयाँ भएको बताइएको छ ।