साप्ताहिक संवाददाता
जेष्ठ ३२, २०७६
दक्षिण अमेरिकी देश पाराग्वेको सेकेन्ड डिभिजन क्लव टिम द रेसिस्टेन्सिया स्पोर्ट्स क्लबले आफ्नो स्टेडियममा लगाइएको एउटा रूखलाई आफ्नो आधिकारिक फ्यान घोषित गरेको छ । मानिसबाहेक अन्य वस्तुलाई आफ्नो फ्यान घोषित गर्ने यो क्लब संसारकै पहिलो क्लब हो ।
उक्त रूखलाई क्लबले आफ्नो सदस्यता कार्ड तथा आधिकारिक जर्सीसमेत उपलब्ध गराएको छ । उक्त रूख उक्त क्लब जतिकै पुरानो भएको बताइन्छ । त्यो रूख भएको ठाउँमा स्टेडियम निर्माण गर्दा क्लबका सञ्चालकहरूले उक्त रूखलाई भने यथावत् राख्ने निर्णय गरेका थिए ।