साप्ताहिक संवाददाता
साधन होइन, स्रोत बनुँ जस्तो लाग्छ । कलाकार राष्ट्रको अंग हो गहना होइन ।
कसैले कसैलाई आफ्नो भक्ति गरेबापत शक्ति दिएपछिको परिणाम यस्तो हुन्छ । महादेवको तपस्या गरेबापत पाएको शक्तिले भष्मासुरले महादेवलाई नै लखेटेर भष्म गर्न खोजेको थियो रे । यो त मिथ ? वा हाम्रो विश्वास तर नियम र नियन्त्रणमा सबै समयन्त्र हुनुपर्छ ।
(यो भनाइ विशेष गरी हाम्रो संस्कृतिलाई नाच, गान र चुनाव प्रचारको सामग्री मात्र हो भनेर सोंच्नेहरूका लागि) – संस्कृति मानिसको सामूहिक जीवन शैली हो । संस्कृतिले कुनै राष्ट्र, जाति वा समुदायको सामाजिक जीवन, आर्थिक व्यवस्था, राजनीति, चालचलन, खानपिन, पहिरन, चिन्तन आदि अनेकन कुरालाई जनाउँछ । भाषा, साहित्य, धर्म, कला, दर्शन, चाडपर्व, परम्परा आदिको समष्टि नाम नै संस्कृति हो । संस्कृतिले कुनै राष्ट्र, जाति वा समुदायका मानिसका खाने तरिका, बोल्ने तरिका, सोंच्ने तरिका, बस्ने तरिका, हिँड्ने तरिका आदिलाई समेत जनाउँछ । संस्कृति कुनै राष्ट्र, जाति वा समुदायलाई चिनाउने मुख्य आधार हो । संस्कृति समाज र राष्ट्रलाई एकताबद्ध गर्ने मुख्य कडी हो ।
मनोद्वन्द्व ! आफैंलाई सन्तुलनमा राखौं ।
कहिलेकाहीँ हामी आफूले बनाएको परिवन्दमा आफैं फस्छौं ।
बिनाकारण दुःखी हुने कि, बिनाकारण खुसी हुने निर्णय आफ्नै हातमा छ ।
यो त छोराछोरी कुटेर छिमेकी तर्साउने तरिका भयो । जनताका निम्ति लड्ने लडाइँमा जनतालाई मार्ने र त्रसित बनाउने कस्तो लडाइँ हो ? सक्छौं भने सत्ताधारिको चिउँडो मुनि घण्टी बजाउ । यस्तो असन्तुष्ट पक्षहरूको समस्या वार्ताद्वारा टुंगो लगाएर तुरुन्त सुरक्षाको प्रत्याभूति देऊ सरकार ।
राजनीति रहरले गरिने होइन, यो हाम्रो जीवनको हरेक पक्षसँग जोडिएको छ । कोही प्रत्यक्ष आबद्ध हुन्छन्, कोही अप्रत्यक्ष फरक यति मात्र हो, अनि मैले पार्टी छोड्ने निर्णय लिएकी हुँ, राजनीति होइन ।
आत्मसम्मान मानिसको अमूल्य खजाना हो ।
नाटकहरू रङ्गमञ्चमा हुन्थे अब त यत्र, तत्र, सर्वत्र हुन थालेछन् ।
आत्मविश्वासी हुनु भनेको, म बाट सधैं सहि र उत्कृष्ट कार्य हुन्छ भन्ने सोचाइ मात्र होइन आत्मविश्वासी हुनु भनेको, म बाट गल्ती हुनसक्छ कि भनेर नडराउनु पनि हो ।्
पहिले–पहिले एउटा भनाइ थियो , सफल व्यक्तिको ७० प्रतिशत शुभेच्छुक मित्र भए पनि ३० प्रतिशत शत्रुभाव राख्नेहरू हुन जरुरी छ । अहिले सामाजिक सन्जालले गर्दा त्यसको ठीक विपरीत परिस्थिति सिर्जना भएको छ, अब ३० प्रतिशत शुभेच्छुक तथा ७० प्रतिशत शत्रुभाव राख्ने नभए सोच्नुस् तपाईं सफल र चर्चाको विषय होइन । शुभेच्छुकका लाइक त सेकेन्डमा पाइन्छ, तर बैरभाव राख्नेहरूले मिनेटौं लगाएर तपाईंलाई दुःखी र अपमानित बनाउने शब्दहरूको चयनमा आफ्नो अमूल्य समय खर्चिन्छन् किनभने तिनीहरू त्यो छैनन् जे आजको दिनमा तपाईं हुनुहुन्छ । यदि तपाईंलाई ७० प्रतिशत नकारात्मक कमेन्ट आउँछ भने सोच्नुहोस् तपाईं सही बाटोमा हुनुहुन्छ ।