साप्ताहिक संवाददाता
असार १, २०७६
मन मगन...गीत लोकप्रिय भएपछि गायक दीपक बज्राचार्य अत्यधिक व्यस्त भएका छन् । स्वदेशदेखि विदेशसम्मका कन्सर्टबाट उनलाई निम्तोहरू आइरहेकै छन् र उनी त्यसमा सहभागी पनि भैरहेकै छन् । परम्परागत बाजाहरू सम्मिश्रण गरेर नेपाली पप गीतलाई नयाँ उचाइ दिन सफल गायक बज्राचार्यको सफलताको यात्रा जारी छ ।
पप गायनमा लोकप्रिय भैरहेकै बेला उनलाई अहिले नेपाली चलचित्रले पनि सम्झिएको छ । गायक बज्राचार्य आफ्नो बिल्कुलै नयाँ सिर्जनामार्फत चलचित्र मारुनीमा सुनिएका छन् । दीपककै स्वर तथा संगीतको जाम न माया जाम.. गीतको भिडियो यसै साता सार्वजनिक भएको छ ।
गीतमा उनी कर्णप्रिय लाग्छन् । गीत सार्वजनिक समारोहमा दीपकले चलचित्रको उक्त गीतका लागि अझ बढी मेहनत गरेको बताए । भविष्यमा उनी अन्य नेपाली चलचित्रमा सुनिए भने अचम्म नमाने हुन्छ ।