साप्ताहिक संवाददाता
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘नेपाल इन्टरनेसनल फिल्म फेष्टिभल को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । उक्त फेस्टिभल आगामी २०२० फेबु्रअरी १३ देखि १७ सम्म काठमाडौमा आयोजना हुने जनाइएको छ । त्यस्तै, फेष्टिभलमा सहभागी फिल्मका लागि आवेदन समेत खुल्ला गरिएको छ ।
प्रतिष्ठानले राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै फेष्टिभलको बिभिन्न बिषय बारे जानकारी गराएको हो । ‘बिश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारा र ‘फिल्म संस्कृति’को बिकाश गर्ने उदेश्यले आयोजना हुने फेष्टिभलमा राष्ट्रिय, अन्तराष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै एनिमेटेड फिल्मलाई पनि बिभिन्न शिर्षकमा बिजेता घोषणा गरेर पुरस्कृत गरिनेछ ।
महोत्सवमा सहभागी हुन डकुमेन्ट्री फिल्मले १० र फिचर फिल्मले १५ अमेरिकी डलर तिर्नु पर्नेछ । नेपाली फिल्मले पैसा तिर्नुपर्ने छैन ।