साप्ताहिक संवाददाता
गायक सुरज श्रेष्ठको ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको गीतमा चैतमासको हावाहुरी साउनको पानी पहिला पहिला रिसाइहाल्थी हाम्ले बोलाम्दानी लगायतका शब्दावालीका कारण निकै नै रोमान्टिक बनेको छ ।
प्रेमी प्रेमीको माया प्रेम र रोमान्सलाई मुख्य विषय बनाइएको गीतमा प्रेमीकाले मुखले नबोलाई आखाले बोलाउने कुरा गर्दा कलाकारहरू गज्जबसाग खुलेको देख्न सकिन्छ। द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको छ भने भिडियोमा निर्देशन सरोज अधिकारीले गरेका हुन् । भिडियो सार्वजनिक भएसागै आाफुले राम्रो प्रतिक्रिया पाएको गायक श्रेष्ठले बताए ।
गीतको भिडियो :