साप्ताहिक संवाददाता
असार २, २०७६
गायक राजेश पायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । राईको स्वरमा ‘जय जय नेपाल’बोलको स्वदेशगान सार्वजनिक भएको हो ।
राईको स्वरमा रिलिज भएको सार्वजनिक गीत डा. अच्यूत शर्माले लेखेका हुन् । गीतमा खेम विश्वकर्माको संगीत रहेको छ ।
उक्त स्वदेशगानको लिप्सिङ भिडियो सार्वजनिक गरिएको छ । गीतमा पुष्कर सुनारको संगीत संयोजन रहेको छ ।
यस्तो छ राजेश पायल राईको जय जय नेपाल :