साप्ताहिक संवाददाता
असार ३, २०७६
चलचित्र ब्रह्मास्त्रमा देखिन लागेका रियल लाइफ जोडी आलिया भट्ट र रणवीर कपुर यतिबेला धर्म नगरी बनारसमा छायाँकनमा व्यस्त छन् । यसै क्रममा उनीहरूले बनारसको प्रसिद्ध विश्वनाथ मन्दिरको दर्शन गरेका छन् ।
उनीहरूको यो आस्थालाई यतिबेला भारतीय मिडियाले सुखी र सफल जीवनका लागि ईश्वरको चरणमा पुगेको अर्थ लगाएको छ । उता आलिया–रणवीरले आफ्नो धर्मप्रतिको आस्थालाई अन्यथा लिन नहुने टिप्पणी गरेका छन् ।