साप्ताहिक संवाददाता
अभिनयमा खासै जम्न नसकेकी अभिनेत्री हुन्– परिमिता आरएल राणा । चलचित्र चपली हाइट–२ बाट प्रारम्भ भएको उनको अभिनय यात्रा रोज, चंगा चेट तथा द म्यान फ्रम काठमाडौं हुँदै अघि बढेको छ । परिमिताले अभिनय गरेका केही चलचित्र व्यवसायिक रूपमा सफल भएका छन् भने केही असफल ।
अहिले परिमिताको हातमा एउटा पनि चलचित्र छैन । पछिल्लो प्रेम सम्बन्ध टुटेकाले उनी सिंगल समेत छिन् । राणाले केही अघि नै अभिनय गरेको चलचित्र कर्मा प्रदर्शनको क्रममा छ । यसबीच परिमिता अहिले गायिकाका रूपमा दर्शकमाझ आएकी छिन् । उनको स्वरको क्विन..गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
उक्त समारोहमा परिमिताले आफू विगत दुई वर्षदेखि एउटा चलचिक्रको स्त्रिप्ट लेखनमा व्यस्त रहेको खुलासा गरिन् । राणाका अनुसार उनको स्क्रिप्टमा चलचित्र बनाउन निकै गाह्रो छ । आवश्यकताभन्दा बढी सेट चाहिने भएकाले आफ्नो स्क्रिप्टमा निर्माण हुने चलचित्र खर्चिलो हुनसक्ने उनको आशय थियो । अभिनय तथा गायन हुँदै लेखनसम्म आइपुगेकी परिमिता कुन विधा अब्बल सावित हुने हुन् त ?