साप्ताहिक संवाददाता
गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागि २३ सय प्रतिभामध्ये ब्लाइढड अडिसनका लागि एक सय जना भन्दा बढि छानिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
छनोट भएका प्रतिस्पर्धिहरुले अब ब्लाइण्ड अडिसनमा आ–आफ्नो प्रस्तुती दिनेछन् । उनीहरु मध्येबाट उत्कृष्ट प्रतिभाहरुलाई कोचहरुले अर्को चरणका लागि छनोट गर्नेछन् ।
द भ्वाइस अफ नेपाल सिजन २ मा गायकत्रय दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा तथा गायिका आस्था राउत कोचको रुपमा छन् । अघिल्लो सिजनका दुई कोच सनूप पौडेल तथा अभया सुब्बाको स्थानमा लामा र राउत समावेश भएका हुन् ।
नेपाली संगीत क्षेत्रमा नया प्रतिभा भित्त्राउन कोचको भूमिका महत्वपूर्ण हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल बताउ“छन् । साउनको पहिलो हप्तादेखि यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।
सन् २०१० मा द भ्वाइस अफ हल्याण्डको नामबाट प्रारम्भ भएको गायन प्रतिभा खोज्ने रियालिटी शो द भ्वाइसको नेपाली संस्करण द भ्वाइस अफ नेपाल हो । ‘द भ्वाइस’ अहिले विश्वका १ सय ९१ देशमा फ्रेञ्चाइज शोका रुपमा चलिरहेको छ । गत वर्ष भएको पहिलो सिजनको द भ्वाइस अफ नेपालको विजेता सीडी विजय हुन् ।