साप्ताहिक संवाददाता
असार ३, २०७६
क्रिकेटको सयौं वर्ष पुरानो नियम नै हो, ब्याट्सम्यान आउट हुन् बलले स्टम्पलाई छोएर मात्र पुग्दैन, बेल पनि झर्नुपर्छ । स्टम्प माथि दुईवटा बेल हुन्छन् । साधारणतया यो काठकै हुन्छ, तर आधुनिक क्रिकेटमा प्रयोग हुने बेल भने प्लास्टिकको छ र यसमा केही हलचल भयो कि बत्ती पनि बल्छ ।
यही प्लास्टिकको बेलले अहिले विश्वकपमा दुःख दिइरहेको छ र बलरहरूको रिस त्यही बेलमा खनिन थालेको छ । भारतविरुद्धको खेलमा अस्टे«लियाका प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नर खेलिरहेका बेला बलले उनको स्टम्प त छोयो, तर बेल झरेन । यसपटकको विश्वकपमा भएको यो एक मात्र घटना भने होइन । सबैको धारणा के छ भने यो बलरहरूप्रति अन्याय हो ।