साप्ताहिक संवाददाता
असार ४, २०७६
चलचित्रको संख्यामा भन्दा आफ्नो भूमिकामा केन्द्रित रहँदै आएकी श्रद्धा कपुर यतिबेला आफ्नो नयाँ चलचित्रका कारण चर्चामा छिन् ।
सन् २०१४ मा प्रदर्शित कोरियन ड्रामा ‘मिस ग्रेनी’ को हिन्दी रिमेकमा श्रद्धाले ७४ वर्षकी महिलाको भूमिका निर्वाह गर्ने भएकी छिन् ।
चलचित्रको कथाअनुसार एक ७४ वर्षीया वृद्धा एउटा फोटो स्टुडियोमा तस्बिर खिचाउने क्रममा कसरी २० वर्षीया युवतीमा परिणत हुन्छिन् भन्ने कुरा रहस्यमय ढंगले देखाइनेछ । यो भूमिका निकै चुनौतीपूर्ण भएको श्रद्धाले बताएकी छिन् ।