साप्ताहिक संवाददाता
असार ५, २०७६
यसपटकको विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाका एबी डी भिल्लियर्स टिममा समावेश छैनन् । उनी टिममै छैनन्, तर स्थिति कस्तो छ भने टिमको खराव प्रदर्शनको दोष उनै डी भिल्लियर्समाथि लागेको छ । एबी आधुनिक क्रिकेटका सर्वाधिक उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।
उनले फ्रेन्चाइज क्रिकेटमा पनि उत्तिकै राम्रो गरिरहेका छन्, तर किन हो एक वर्ष अघि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए । विश्वकपका लागि दक्षिण अफ्रिकी टिम घोषणा हुने दिन बिहानै उनले कप्तान फाफ डु प्लेसिस तथा प्रशिक्षक ओटिस गिब्सनलाई फोन गरेर आफू टिममा फर्कन तयार रहेको बताए पनि छनौटकर्ताहरूले उनलाई टिममा लिन चाहेनन् । यसका लागि डी भिल्लियर्सले सन्यास लिएयता लगातार टिममा रहेका अरू खेलाडीमाथि अन्याय हुन्छ भन्ने तर्क दिइएको थियो ।