साप्ताहिक संवाददाता
असार ५, २०७६
अमेरिकी गायक निक जोनाससँग विवाह गरेर उतै रमाइरहेकी बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला आफ्नो गलत भिडियोका कारण चर्चामा छिन् । उक्त भिडियोमा प्रियंकाले अमेरिकी युवतीहरूलाई साडी लगाउन सिकाउने क्रममा गरेको एउटा नृत्य देखाइएको छ ।
ब्लाउज नलगाई साडी मात्र लगाएर पिठ्युँ देखाउँदै गरिएको उक्त नृत्य कामुक हुने चक्करमा अश्लिल हुन पुगेको बताइदै आएको छ । यो भिडियो सार्वजनिक भएपछि भारतीय संस्कारका पक्षधरहरूले प्रियंकाको व्यापक आलोचना गरिरहेका छन् ।