साप्ताहिक संवाददाता
असार ६, २०७६
स्टुडेन्ट अफ द इयर–२ बाट बलिउडमा पदार्पण गरेकी चंकी पाण्डेकी छोरी अनन्या पाण्डे चलचित्रमा आउनु अघिदेखि नै चर्चामा छाइरहन्थिन् । यतिबेला अनन्या आफ्नो लभलाइफका कारण चर्चामा छिन् ।
मिडियाले अनन्या कार्तिक आर्यनसँग डेटमा रमाइरहेको खबर सार्वजनिक गरिरहेका बेला अनन्याले भने आफू अरुको कसैको चक्करमा रहेको खुलासा गरेकी छिन् ।
अनन्याले कार्तिक आर्यन आफ्नो असल साथी मात्र भएको र आफू बरुण धवनको दीवानी भएको बताएकी छिन् । अनन्याले बरुणको प्रस्ताव आए आफू उनकी प्रेमिका बन्न तयार रहेको उद्घोष समेत गरेकी छिन् ।