साप्ताहिक संवाददाता
नेपाली चलचित्रका महानायक राजेश हमाल तथा सदाबहार नायिका करिश्मा मानन्धर बुधबार पोखरामा भेटिए । उनीहरू पोखरा, न्युरोडमा सञ्चालनमा आएको कफी बियाँ एन्ड रेस्टुराँको उद्घाटनका लागि पोखरा पुगेका थिए । उनीहरूले संयुक्त रूपमा रिबन काटेर रेस्टुराँको उद्घाटन गरे । उद्घाटनपश्चात् राजेश त्यहाँ कार्यरत कुक, वेटर तथा सञ्चालकहरूसँग गफिन थाले ।
करिश्मा उनको साथमै थिइन् । यद्यपि करिश्माले केही बोलिनन्, मुस्कुराइन् मात्र । रेस्टुराँ अवलोकनपश्चात् दुवै जनाले रेस्टुराँले ग्राहकको मन जित्न सकोस् भन्ने शुभकामना दिए । बोल्ने क्रममा दुवैजनाले सानो बहाना पाउने बित्तिकै पोखरा आइहाल्ने बताए । पोखरा आउने क्रममा पटक–पटक रेस्टुराँमा आउनेछौँ भनेर वाचा गरे । करिश्माले यसो भनेपछि राजेशले सोधिहाले । हामी सँगै आउँछौं कि एक्ला–एक्लै ?
जवाफमा करिष्माले भनिन्– तपार्इं कोहीसँग म कोहीसँग, आए पनि हुन्छ । त्यसपछि सहभागीहरूको हाँसोको फोहोरा छुट्यो । उनीहरू बस्ने क्रममा धेरै क्लोज पनि भएनन् । दर्शकले अलि क्लोज हुन आग्रह गरे, तर राजेश पछाडिको लोगो देखाउँदै नजिक बसे लोगो छेकिने भन्दै नजिक बस्न मानेनन् । रेस्टुराँ प्रवेश गरेदेखि उद्घाटन, शुभकामना मन्तव्य र फोटो सेसन चल्दासमेत उनीहरू एक–आपससँग भने गफिएनन् । करिश्मा मंगलबार नै पोखरा पुगेकी थिइन् भने राजेश बुधबार ।