साप्ताहिक संवाददाता
असार ६, २०७६
क्रिकेटमा विकेट लिएपछि खुसियाली मनाउने पनि आ–आफ्नै शैली हुन्छ । यसमध्ये केही शैलीले निकै चर्चा पाउँछन् । यस्तै कारणले चर्चामा रहेका बलर हुन्— वेस्ट इन्डिजका सेल्डन कोट्रेल । उनी विकेट लिएपछि सेनाले जस्तो स्यालुट ठोकेर खुसियाली मनाउँछन् ।
त्यति बेला उनका साथी खेलाडीहरू उनको वरिपरि हुन्छन् । अहिलेको विश्वकप खेलिरहेका वेस्टइन्डिज टिममा रहेका कोट्रेल यसरी नै खुसियाली मनाएर सबैको आकर्षणमा परेका छन् । यस्तोमा सबैको चासो के पनि छ, उनी किन त्यसो गर्छन् ? खासमा कोट्रेल आफैं सेनामा कार्यरत छन् ।
अर्को शब्दमा उनी व्यवसायिक सैनिक हुन् । उनको आबद्धता जमैका डिफेन्स फोर्ससँग छ । उनले यो स्यालुटकै लागि भनेर ६ महिना अभ्यास समेत गरेका थिए । कोट्रेल भन्छन्– म एउटा सैनिक भएपछि विकेटको खुसियाली मनाउने तरिका त त्यस्तै नै हुन्छ नि ।