साप्ताहिक संवाददाता
राजेश हमाल, सधै हिट । चलचित्रमा काम गरेपनि हिट, नगरेपनि हिट । ३ बर्ष पुग्यो, यि अभिनेताका कुनैपनि चलचित्र प्रदर्शन भएका छैनन् । पटक–पटक स्क्रिप्ट पढेपनि उनलाई चित्त बुझेन । तर, राम्रो विषयबस्तु भेटेको खण्डमा चलचित्रमा काम गर्ने बताइरहेका थिए ।
यसै सन्र्दभमा पछिल्लो केहि महिना उनी ‘प्रेम गीत ३’ मा काम गर्ने हल्लाले मिडिया निकै तात्यो । हमालले ‘प्रेम गीत’ टिमसँग पटक–पटक भेटघाट पनि गरेका थिए । पहिलो पटकमै स्क्रिप्ट मन पराएका हमालले ३ पटकसम्म स्क्रिप्ट सुने, पढे । अन्ततः आफ्नै कारण यो चलचित्रमा काम गर्न पाएनन् ।
‘प्रेम गीत ३’ सुटिङ हुने बेलामा उनि नियमित रुपमा चलाइरहेको क्विज कार्यक्रम लिएर विदेश भ्रमणमा जानुपर्ने र नेपाल तथा वाहिरका केहि कार्यक्रमको सेड्युअल बनिसकेकाले यो चलचित्रमा काम गर्न नपाएको हमालले बताए । हमालले प्रेम गीत टिमसँग समय वर–पर गर्न सकिन्छ ? भनेर प्रश्न समेत गरेका थिए । तर, निर्माता तथा निर्देशक सन्तोष सेनले हिमाली भेगमा हिउँ पर्ने समयमा छायाँकन गर्नुपर्ने बाध्यताका कारण तथा प्रदर्शन मिति तय भैसकेकाले सुटिङ सार्न नमिल्ने बताएपछि दुवैजनाको सहमतीमा हमालले यो चलचित्रमा काम नगर्ने निर्णय लिएका हुन् ।
पछिल्लो पटक लाजिम्पाट स्थित होटल सांग्रिलामा अभिनेता प्रदीप खड्कासँग लामै समय गफिए । प्रदीपसँग आफ्नै कारण यो चलचित्रमा काम गर्न नपाएको गुनासो गरे । भने, ‘सुरुमा खुबै मिहेनत गर्नुस्, अनि राम्रो कुरा निस्कन्छ ।’ नयाँ विषयवस्तुमा चुनौती भएपनि रिस्क लिन डराउनेहो भने सफल नहुने तर्क गर्दै उनले थपे, ‘बिषयवस्तु गज्जवको छ, अहिले नभएपनि अर्कोपटक कुनै प्रोजेक्टमा सहकार्य हुनेछ ।’
छुट्टिने क्रममा हमालले प्रदीप खड्कासँग तस्विर खिचाए । तस्विर खिच्ने बेलामा पोज मिलेन । हमालले थम्सअप वाला पोज गरौं न ∕ भनेपछि उनिहरु दुवैले थम्सअप दिएर तस्विर खिचाए । अन्तिममा छुट्टिनेबेला हमाललाई प्रदीपले भने, ‘तपाईसँग काम गर्ने मन थियो, भाग्यले साथ दिएन ।’
अहिले हमालको स्थानमा निर्माण टिमले शिव श्रेष्ठलाई साइन गराएको छ । यो चलचित्र आगामी चैतको २८ गते प्रदर्शन हुँदैछ ।