साप्ताहिक संवाददाता
असार ८, २०७६
अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले आईसीसी विश्वकप क्रिकेट खेल्नका लागि प्रयोग गरिने ब्याटमा एक प्रकारको सेन्सर चिप राखेका छन् । उक्त चिपमा ब्याकलिफ्टको कोणदेखि ब्याटको अधिकतम गतिसम्म सबै आँकडा रेकर्ड हुन्छ ।
भारतको बैंगलुरुस्थित स्मार्ट क्रिकेट नामक कम्पनीले निर्माण गरेको उक्त चिप हाल वार्नरले मात्र प्रयोग गरिरहेका छन् । यसलाई ब्याटको ह्यान्डलको माथि लगाइएको छ र ब्याटिङ गर्दा यसमा भएका सबै गतिविधि क्लाउड स्टोरेजको सहयोगले मोबाइल एपमा संग्रहित भएर बस्छ ।
यसका आधारमा आफ्नो ब्याटिङका साथै अन्य गतिविधिमा समेत सुधार ल्याउन सकिन्छ ।