हामी उठ्ने छौँ अभियानलाई हङकङबाट एकलाख रुपैयाँ सहयोग रकम प्रदान भएको छ । खेलकुदको क्षेक्रमा लामो समयदेखि त्रियाशिल संस्था हङकङ नेप्लिज तेक्वान्डो एसोसियसनले उक्त रकम प्रदान गरेको हो । एसोसियसनका सचिव नरेन्द्र गुरुङले एक कार्यक्रमकोबीच हामी उठ्ने छौँ अभियानका निर्देशक सुरज गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
खेलकुदको माध्यमबाट भएपनि देशको निम्ति केहि सानो सहयोग गर्ने अभिप्रायले नै सहयोग रकम तयार पारेका हौँ । हामी उठ्ने छौँ अभियान तथा हङकङ नेप्लिज तेक्वान्डो एसोसियसनका फाउण्डर तुलसीकुमार गुरुङ बताउछन् । हङकङमा लामो समयदेखि स्थानिय, अल्पसंङ्ख्यक समुदायहरुका लागि तेक्वान्दो सिकाउदै स्थानिय तथा राष्ट्रिय प्रतियोगिताहरुमा सामेल गराउदै आएको एसोसियसनले पर्यटन बर्षलाई सार्थक बनाउानका लागि हामी उठ्ने छौँ अभियानको कार्यक्रमलाई साथ दिएको उनले बताए ।
सन् २०२० लाई पर्यटन बर्षकोरुपमा मनाउँनका लागि सरकारले विभिन्न प्रकारका फर्यटन लक्षित कार्यक्रमहरुको आयोजना गरिरहेको छ । सरकारको कार्यत्रमलाई टेवा पुर्याउने हेतु हामी उठ्ने छौ अभियानले पनि विगत केहि महिनादेखी मेरो गाउ, मेरो ठाउ भिडियो च्यालेञ्ज प्रतियोगिता सञ्चालन गरिरहेको थियो ।
पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको ठाउँ, पर्व, संस्कृति, खानपिन वा अन्य कुनैपनि बिषयबस्तुको ५ मिनेटसम्मको वृतचित्र डकुमेन्ट्री बनाई प्रतियोगितामा प्रतियोगीहरु सामेल भएका थिए । समावेश भिडियोहरुलाई बिषयबस्तुको गुणस्तरको आधारमा अभिनेत्री तथा चलचित्र निर्मात्री करिश्मा मानन्धर, बरिष्ठ साउण्ड ईन्जिनियर प्रदिप उपाध्याय, बरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार, कलाकार एवंम निर्देशक निर्मल शर्मा लगायतको टिमले मनोनयन सार्वजनिक गरिसकेको छ ।
विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई यहि १ जुलाई सोमबारका दिन एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिने अभियानका निर्देशक एवंम कार्यक्रमका कोओडिनेटर निर्मल श्रेष्ठ बताउँछन् ।