साप्ताहिक संवाददाता
असार ८, २०७६
काठमाडौं
‘माया एउटा सँग, बिहे एउटा संग’, ‘तिमी कसको हुने होला’, ‘म नि कसको हुने होला’, ‘झिम–झिम सानु’, लगायत थुप्रै सदावहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले फेरि प्रमोदको आवाज, आफ्नो संगीत र एरेन्ज तथा आर के रम्तेलको शब्दमा नयाँ गीत भिडियो सार्बजनिक गरेका छन् ।
गोपाल साउदले निर्देशन गरेको भिडियोलाइ पिएस बिडारीले छायाँकन गरेका हुन् । सम्पादन गोबिन्द लाहोरियाले गरेका हुन् । भिडियोमा गोपाल साउद, निरु कौर, रोहित शर्मा र नेहा खुरानालाई देखाइएको छ ।
संगीतकार दिवान किनारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको एउटा गीत बोलका गीतको भिडियोमा भारतको विभिन्न ठाउँहरूको लोकेशन लाई सुन्दर ढंगले चित्रण गरिएको छ ।
हेर्नुस् भिडियो: