साप्ताहिक संवाददाता
दशैँ रिलिज टार्गेट गरिएको सिनेमा ‘रातो टिका निधारमा’को छायाँकन सकिएको छ । झापा र काठमाडौँमा गरि २९ दिन लगाएर उक्त चलचित्रको छायाँकन गरिएको थियो । यहि चलचित्रबाट अशोक शर्माका छोरा अंकितले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।
चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्दि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय अभिनय छ ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको सिनेमामा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा छन । निर्देशक शर्माकी छोरी कृतिले उनलाई निर्देशनमा सहयोग गरेकी छन् ।
चलचित्रमा शम्भुजित बाँस्कोटारकल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ । गायनमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारी छन् ।