साप्ताहिक संवाददाता
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी चाँडै वैवाहिक जीवनमा बाँधिदै छन् । यि दुईले औँठी साटासाट गरेको पनि लामै समय भैसक्यो । ठिक यतिनै बेला एक तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा अभिनेता जोशीले अभिनेत्री कार्कीको तस्बिर जलाउँदै गरेको दृष्य देख्न सकिन्छ ।
तर, यो तस्बिर वास्तबिक जीवनको भने होईन् । एक म्यूजिक भिडियो अभिनयका अभिनेता जोशीको उक्त दृष्य छायांकन गरिएको हो । गायक मोहन राईको एक गीतको म्यूजिक भिडियोमा यो जोडीले एक साथ अभिनय गरेका छन् ।
‘मायाको खेल, आँसुको भेल...’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोडको कथा प्रस्तुत गरिएको छ । दिपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो गीतको म्यूजिक भिडियोलाई राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् ।
मायाको खेल, आँसुको भेलको म्यूजिक भिडियो :